इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीकाे पत्र- आत्मबल सकिन लाग्याे, आफ्नै देश फर्कन मन छ
काठमाडौं । इजरायल-गाजा युद्धको चपेटामा परेका नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । कृषि विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले सोमबार एक पत्र लेख्दै आफुहरुलाई देश फर्काइदिन आग्रह गरेका छन् । ‘हाम्रो आत्मबल घट्दै गएको छ, सपनाको संसार भत्किँदै गएको छ उनले लेखेका छन्, अब धेरै सोच्ने क्षमता बाकिँ रहेन ।’ उनले आफु लगायत सबै नेपालीलाई छिटाेभन्दा छिटाे देश फर्काइदिन आग्रह गरेका छन् ।
‘खाना नखाउँ भने भोक र तिर्खा लाग्छ, खाउँ भने शौचालय जान डर लाग्छ।’ आकाश, जमिन सबैतिर आक्रमण भइरहेको छ ‘ उनले पत्रमा लेखेका छन् ‘यो युद्ध लामो छ हामीलाई भर्खरै घर फर्कन मन छ ।’ एमालेनिकट अनेरास्ववियुका नेता समेत रहेका अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी पढाइको शिलशिलामा इजरायल गएको एक महिना मात्र भएको छ ।
यस्ताे छ भन्डारीकाे पत्र :

