इजरायलको हमास प्रभावित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार
प्रकाशित मिति: सोमबार, आश्विन २२, २०८० | १९:२८:५२
काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका हुन् ।
उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । टोलीमा ४९ जना थिए । उद्धार गरिएका विद्यार्थी नितिन भण्डारीले १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको जानकारी दिए । उनले सबै विद्यार्थीलाई भेला गरेर तेलअभिभ लैजाने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, आश्विन २२, २०८० |
१९:२८:५२
2201