रसुवामा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०८० | ११:००:११
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।
नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन २३, २०८० |
११:००:११
2113