१०० बढी नेपाली विद्यार्थीलाई इजरायली सेनाले सार्याे सुरक्षित स्थानमा, बेपत्ता विपिनकाे खाेजी जारी
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०८० | १५:००:००
काठमाडौं । इजरायल-गाजा युद्धमा फसेका १०० बढी नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षीत ठाउँमा सारेको छ । सेनाले मंगलबार बिहानसम्म १०० बढी विद्यार्थीको उद्धार गरेको हो । साथै अन्य नागरिकलाई पनि स्थानान्तरणको प्रकृया जारी रहेको परराष्ट्रमन्त्री एनपी साउद स्वकिय सचिव दिपक जाेशीले जनाएका छन् । उनका अनुसार नेपाली नागरिककाे उद्धारका लागि विमान तयारी अवस्थामा राखिएको र अनुमति पाउने वित्तिकै विमान उद्धारका लागि उड्ने छ। साथै कंचनपुर जिल्ला वासी विपिन जोशीको खोजि कार्य तिव्र रुपमा भइरहेकाे स्वकिय सचिव जाेशीले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, आश्विन २३, २०८० |
१५:००:००
2157