इजरायलमा रहेका नेपालीको उद्धारका लागि जहाज आज राति ११ बजे उड्ने
प्रकाशित मिति: बुधबार, आश्विन २४, २०८० | १५:००:०२
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि जाहाज आज राती ११ बजे त्यसतर्फ पठाउने भएको छ । इजरायलमा सुरक्षित स्थानमा राखिएका नेपालीहरुले आफुहरुलाई छिटो स्वदेश फर्काउन गरेको आग्रहका आधारमा सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
प्रकाशित मिति : बुधबार, आश्विन २४, २०८० |
१५:००:०२
1013