इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान
प्रकाशित मिति: बिहिबार, आश्विन २५, २०८० | १७:३९:०६
काठमाडौँ । इजरायलमा रहेका २ सय ५० जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ । सरकारले उनीहरुको उद्धारका लागि पठाएको नेपाल वायुसेवा निगमको विमानबाट उनीहरू काठमाडौँ उडेका हुन् । उनीहरु राति सवा ९ बजे काठमाडौं आइपुग्नेछन् । इजरायलको बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेका उनीहरूलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजराजय गएका छन् ।
आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले जानकारी दिए । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्किन उडेका हुन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन २५, २०८० |
१७:३९:०६
1629