मनाङ एयरका हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध
प्रकाशित मिति: शनिबार, आश्विन २७, २०८० | १२:२४:५६
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ ।
मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो ।
दुई महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् ।
शनिबार बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । यसअघि जुलाई ११ मा ९एन–एएमडब्ल्यू दुर्घटना भएको थियाे ।
प्रकाशित मिति : शनिबार, आश्विन २७, २०८० |
१२:२४:५६
1145