पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिने
प्रकाशित मिति: आइतबार, आश्विन २८, २०८० | १९:४१:१६
काठमाडौँ, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।
शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै आगामी कार्तिक ७ गते विजयादशमीको दिन पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।
प्रकाशित मिति : आइतबार, आश्विन २८, २०८० |
१९:४१:१६
1519