दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय भोलिदेखी सञ्चालनमा आउने
प्रकाशित मिति: मंगलबार, आश्विन ३०, २०८० | १९:०७:४६
कैलाली । सुदूरपश्चिम प्रदेशको केन्द्र विन्दु गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय अस्पताल भोलिदेखी सञ्चालनमा आउने भएको छ ।
कात्तिक १ गतेदेखि सञ्चालनमा आउने उक्त अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउने भएका छन् ।
साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
प्रकाशित मिति : मंगलबार, आश्विन ३०, २०८० |
१९:०७:४६
1453