आफु गएको हेलिकप्टर उद्धारमै छोडेर प्रधानमन्त्री नियमित उडानबाट काठमाडौं फर्कंदै
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८० | १४:५१:३३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफु चढेर गएको हेलिकप्टर भूकम्प प्रभावित क्षेत्रमै छोडेर नियमति उडानमार्फत काठमाडौं फर्किन लागेका छन् । उनी आज बिहान हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।
पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार मध्यराती भूकम्प गएको थियो । भूकम्पले ठूलो मात्रामा मानविय र भौतिक क्षति पुगेपछि प्रधानमन्त्री बिहान हेलिकप्टर लिएर आफै घटनास्थल पुगेका थिए । उनी चढेको हेलिकप्टरबाटै आजै जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्दार समेत गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८० |
१४:५१:३३
3477