भूकम्प प्रभावित जिल्ला जानेलाई काठमाडौँबाट नि:शुल्क बस
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८० | १९:२०:११
काठमाडौँ, १८ कार्तिक । काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जान प्रभावितका आफन्तलाई नि:शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले नि:शुल्क बसको व्यवस्था गरिएको हो ।
घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८० |
१९:२०:११
4291