नेपाल सुपर ओभरमा ओमानसँग पराजित
प्रकाशित मिति: आइतबार, कार्तिक १९, २०८० | १७:३६:४७
काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ओमनले २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले एक विकेट गुमाएर १० रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको बनाएको थियो । ओमान नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदा १८४ रन नै बनाएपछि ख्ल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा नेपाल ११ रनले पराजित भएको हो ।
प्रकाशित मिति : आइतबार, कार्तिक १९, २०८० |
१७:३६:४७
4379