काश्मिर बस दुर्घटना : मृतकको संख्या ३९ पुग्यो
प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०८० | १०:१२:५१
भारत । भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ । डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन् । डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ । चालकले मोडमा बस राम्ररी घुमाउन नसकेका कारण बायाँ तर्फबाट बस निस्केर दाहिनेतर्फको खाल्डोमा खसेको उनको भनाइ छ ।
उनले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०८० |
१०:१२:५१
3543