भक्तपुरको लोकन्थलीस्थित मोटरसाइकल दुर्घटना
प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०८० | २१:४२:३१
भक्तपुर | भक्तपुरको मध्यपुर थिमी लोकन्थलीस्थित उकालोमा केहिबेर अगाडि साँंझ मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बेलुका करिब ६ बजेतिर पैदल यात्रुलाई बचाऊने क्रममा ना ७ ख ४७७४ नं को पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करले बा ७३ प २१६० नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पश्चात् मोटरसाइकल चालकको अन द स्पट डेथ भएको हो ।
यसरी मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ ठूलो सिरूवासी घर भी हाल: सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी रहेका छन् । प्रहरीले ट्याङ्कर चालक ४५ वर्षीय तुलबहादुर माझीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०८० |
२१:४२:३१
3521