टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | ११:०७:२५
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक चलिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना प्रकाशित गर्दै टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो।
प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकले सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
११:०७:२५
3037