बझाङ केन्द्रबिन्दु भएर भूकम्प
प्रकाशित मिति: सोमबार, मंसिर ०४, २०८० | १२:१९:१८
काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेटमा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ०४, २०८० |
१२:१९:१८
1101