कृष्णभिरमा मृत भेटिए पत्रकार प्रकाश ढकाल
प्रकाशित मिति: सोमबार, मंसिर ०४, २०८० | १५:५२:५४
काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव त्रिशूली नदी किनारको खोचमा फेला परेको थियो । ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०४, २०८० |
१५:५२:५४
3851