माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १६:११:१६
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट निवेदन दायर भएका छन । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन ।
माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला आसपास क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१६:११:१६
3455