टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १७:५९:४९
काठमाडौं । टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर भएका १४ वटा रिटमा प्रारम्भिक सुनुवाई शुरु भएको छ । सरकारले सामाजिक सद्भाव खल्बल्याउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१७:५९:४९
3103