भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध
प्रकाशित मिति: बुधबार, मंसिर ०६, २०८० | २०:२५:१३
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई अनुरोध गरेको हो । भोलि विभिन्न समूहले र्याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो।

प्रकाशित मिति : बुधबार, मंसिर ०६, २०८० |
२०:२५:१३
4775



















