सर्वोच्च अदालतले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
प्रकाशित मिति: शुक्रबार, मंसिर ०८, २०८० | १८:३०:४२
काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफल को लागि बोलाउने आदेश समेत दिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०८, २०८० |
१८:३०:४२
5281