घृणायुक्त अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
प्रकाशित मिति: शुक्रबार, मंसिर ०८, २०८० | १८:५०:३५
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ।
शुक्रबार एक वक्तव्य जारी गर्दै आयोगले भनेको छ ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ ।’ आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रम गर्दा संविधान र कानुनको परिधि भित्र रहन सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०८, २०८० |
१८:५०:३५
3631