सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पताल तनावग्रस्त
प्रकाशित मिति: शनिबार, मंसिर ०९, २०८० | १६:०७:४१
काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । बच्चा भने सुरक्षित रहेको बुझिएको छ । शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रहेको र आज बिहान रक्तस्राव भएर खातुनको मृत्यु भएको बताइएको छ ।
उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ । मृतक महिलाका आफन्तहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन । सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न मानेका छैनन । यता अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले भने खातुनको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरेका छन ।
प्रकाशित मिति : शनिबार, मंसिर ०९, २०८० |
१६:०७:४१
3213