क्यानडाको राजदूतमा पौड्याल सर्वसम्मत अनुमोदन
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० | १७:५६:५४
काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि पौड्याल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर १०, २०८० |
१७:५६:५४
3015