सुत्केरीको मृत्युपछि आफन्तद्वारा आम्दा अस्पतालका मेसुमाथि कुटपिट
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० | ११:००:०४
बुटवल । सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका हुन । मंगलबार गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटी दोस्रो बच्चा सुत्केरी गराउन अस्पतालमा आएकी थिईन ।
उनको सुत्केरी गराउने क्रममा मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई नियन्त्रण लिएको जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १३, २०८० |
११:००:०४
2861