नेपालमा औपचारिक रुपमा टिकटक दर्ता गर्न पत्राचार
काठमाडौं । टिकटकले औपचारिक रुपमा नेपालमा दर्ता गर्नका लागि पत्राचार गरेको छ । गत कातिक २७ गते नेपाल सरकारले नपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय कार्यान्यनमा आएपछि पहिलो पटक मंगलबार औपचारिक रुपमा टिकटकले नेपालमा दर्ता गर्न इमेल मार्फत पत्राचार गरेको हो । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा टिकटकले इमेल गरेको हो ।
सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले इमेल गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । सरकारले बन्द गरेको कुरा दर्ता गर्ने संभावना नभएको उनको भनाइ छ । अहिले नेपाल सरकारले लगाएको टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चले मुद्दा विचारधीन अवस्था रहेको छ । मंगलबार टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चलमा परेको रिटको सुनुवाई ‘हेर्न नभ्याइने’ सुचीमा परेको छ ।