दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० | ११:५२:४८
एजेन्सी, २२ मंसिर । दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ । युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, “यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।” भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८० |
११:५२:४८
3565