१४ किलो सुन प्रकरण छानबिन गर्न समिति गठन
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० | १३:४४:५४
काठमाडौं । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाएको हो । समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो । भन्सार कार्यालयका अनुसार उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८० |
१३:४४:५४
4313