नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० | १३:४७:०३
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका अनुसार शुक्रबार नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार यो सुन रसुवा नाकाबाट काठमाडौंतर्फ ल्याइँदै थियो ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । गएराति दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उर्तिएका गारखा घर भएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८० |
१३:४७:०३
3059