बाराको सिम्रौनगढमा गोली चल्यो, १ जना घाइते
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० | १७:१४:५५
बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले अवरोध गरेका थिए । आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेर गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको हो ।
यस्तै प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।
प्रकाशित मिति : बुधबार, मंसिर २७, २०८० |
१७:१४:५५
3653