मोटरसाइकल चोरेर नम्बर प्लेट परिवर्तन, दुई जना पक्राउ
प्रकाशित मिति: आइतबार, पौष ०१, २०८० | १८:००:३७
काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शनिबार दिउँसो काठमाडौं महानगररपालिका–१४ कलंकीबाट २ पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरु दुवैजना धादिङ गजुरी गाउँपालिका–८ किरनचौरका हुन् ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा।प्र ०२–०४० प ६३८१ नम्बर तथा बा।प्र ०२०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : आइतबार, पौष ०१, २०८० |
१८:००:३७
3741