विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरको निर्देशन
प्रकाशित मिति: शुक्रबार, पौष ०६, २०८० | १७:३७:२२
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । शुक्रबार एक पत्रमार्फत महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न निर्देशन जारी गरेको हो ।
काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।
प्रकाशित मिति : शुक्रबार, पौष ०६, २०८० |
१७:३७:२२
3565