सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
प्रकाशित मिति: बिहिबार, पौष १२, २०८० | १७:१६:२८
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उक्त मुद्धामा न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि टुङ्ग्याइने बताइएकाे छ ।
प्रकाशित मिति : बिहिबार, पौष १२, २०८० |
१७:१६:२८
3873