रेशम चौधरीविरुद्धको विचाराधीन रिटमाथि सुनुवाइ हुँदै
काठमाडाैँ । टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ । न्यायाधीशद्धय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा क्रमसंख्याअनुसार उक्त निवेदनको पेसी ४ नम्बरमा रहेको छ । टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी श्रीमती कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो। बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
टीकापुर हत्याकाण्डमा जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाउँदै जेलमुक्त भएका थिए । उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।