जापानमा गुडिरहेको विमानमा आगलागी
प्रकाशित मिति: मंगलबार, पौष १७, २०८० | १६:२२:५५
काठमाडौं । जापानमा गुडिरहेको विमानमा आगलागि भएको छ । मंगलबार टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगो लागेको हो ।
अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, पौष १७, २०८० |
१६:२२:५५
3807