उच्च अदालतका ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
प्रकाशित मिति: सोमबार, पौष २३, २०८० | १३:५३:३८
काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ गराएका हुन् ।
शपथग्रहणसँगै न्यायाधीशहरू मंगलबार (भाेलि) देखि माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन्। त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् । पुस १८ गते बसेको न्याय परिषद्को बैठकले २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति : सोमबार, पौष २३, २०८० |
१३:५३:३८
2157