चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
प्रकाशित मिति: शनिबार, पौष २८, २०८० | १५:४९:१९
हेटौँडा । चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा प्रदेश नम्बर ३–०१०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीका अनुसार दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै मृत्यु भएको बताए ।
अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन । घटनाकाे थप विवरण आउन बाँकि छ ।
प्रकाशित मिति : शनिबार, पौष २८, २०८० |
१५:४९:१९
4071
























