टुँडिखेलमा भीड अनियन्त्रित, ८ जना घाइते
प्रकाशित मिति: सोमबार, माघ ०१, २०८० | १७:५५:२८
काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भिडभाड हुँदा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
प्रकाशित मिति : सोमबार, माघ ०१, २०८० |
१७:५५:२८
5743



















