न्यायाधीश गिरीविरुद्धको निवेदन न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा
काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलासमा परेको छ। न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनकी श्रीमती आरतीले दायर गरेको रिटको पेसी बुधबार सर्वोच्चका न्यायाधीशद्धय शर्मा र पोरखेलको इजलासमा परेको हो । यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन् । दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् । न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् । सोही मुद्दाको सुनुवाइका लागि बुधबार न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा पेसी परेको छ ।