भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० | ११:१८:२०
काठमाडाैँ । भक्तपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे भक्तपुर नगरपालिका–१ चुनदेवी आकाशे पुल नजिकै सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल बागमती प्रदेश ०२-०२२ प ८७३२ नं.ले बागमती प्रदेश ०२-०२१ प ९०३२ नं. स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा मंगलबार राती मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । मृतक केसीको शव पोष्टमर्टम गर्न भक्तपुर अस्पताल पुर्याइएको छ । स्कुटर र चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बुधबार, माघ १०, २०८० |
११:१८:२०
5061



















