नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताको भीड
काठमाडौं । छैटौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको मेलामा कृषि सम्बन्धीका नयाँ प्रविधिहरु र कृषिजन्य सामग्रीको प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा कृषि अध्ययनरत विद्यार्थी, कृसान, व्यवसायीहरुको उपस्थिति पनि बाक्लो रहेको छ । कृषिजन्य नयाँ प्रविधिहरु एकै ठाउँमा हेर्न र बुझ्न सकिने भएकाले मेलामा अवलोकनकर्ताहरुको भीड देख्न सकिन्छ ।
मेलामा स्टल राख्नुभएको च्याउ उत्पादक किसान संघ, नेपालका सहअध्यक्ष सीताराम तिमल्सिनाले उपभोक्ताहरुलाई कस्त च्याउहरु हुन्छन् भन्ने जानकारी दिनका लागि स्टल राखेको बताउनु भयो । उहाँले मेला एउटा प्रविधि प्रशारणको माध्यम भएकाले कुन कुन च्याउ छन्, कसरी खेती गर्ने, कसरी खाने भन्नेकुराको जानकारी दिने गरेको बताउनु भयो । उहाँले च्याउबाट केके आइटम बन्छ ? भन्ने बारेमा पनि आफूहरुले जानकारी दिइरहेको उल्लेख गर्नुभयो ।
मेलामा आउने अवलोकनकर्ताहरुले च्याउका प्रकार र विशेषताबारे बुझेर गएको र खुशी भएको बताउनु भयो । उहाँले मेलामा कसरी खेती गर्ने भन्नेबारेमा पनि जानकारी दिइएको र धेरै अवलोकन कर्ताहरुले तालिमको माग गरेको बताउनु भयो । उहाँले मेलामा बिक्री वितरण आफ्नो ठाउँमा भएपनि प्रविधि प्रशारणको माध्यम राम्रो बनेको बताउनु भयो । त्यस्तै मेलामा स्टल राख्नुभएका श्री दाउन्ने फिड्स प्रा.लि.का सञ्चालक केशवविक्रम खड्काले मेलामा किसानहरुसँग भेट्न पाउने भएकाले मेलामा आएको बताउनु भयो ।
उहाँले मेलाबाट आफूहरुले आफूहरुको उत्पादनबारे जानकारी गराइरहेको बताउनु भयो । उहाँले आफूले सोचेको भन्दा पनि बढी अवलोकन कर्ताहरु आएको बताउनु भयो । मेलामा पालिका एग्रोकल्चर प्रा.लि.को स्टल राख्नुभएका सञ्चालक गोपाल थापाले उपभोक्ताहरुसँग प्रत्यक्ष भेट्ने अवसरका रुपमा मेलालाई लिएको बताउनु भयो । उहाँले आफूहरुले मेलामा कृषि पशुसँग सम्बन्धित सामग्रीहरु राखेको बताउनु भयो । उहाँले साइलेज मिसिनदेखि मिनि साइलेज मिसिनहरु आफूहरुले मेलामा राखेको बताउनु भयो ।
यता अवलोकन कर्ताहरु भने मेलामा कृषिजन्य धेरै कुराहरु सिक्न पाएको बताउनुहुन्छ । उहाँहरुले मेलामा धेरैजसो विदेशी स्टलहरु रहेपनि प्रविधिजन्य कुराहरु धेरै बुझ्न पाएको र देखेको बताउनु भयो । उहाँहरुले मेलाले किसान र कृषिमा लाग्नेहरुका लागि धेरै कुरा सिकाउने बताउनु भयो । मेलामा आउनुभएका अवलोकन कर्ता बमप्रसाद राईले कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधि भित्रिएका छन् भन्नेबारेमा आफूहरुले सबै जानकारी पाएको बताउनु भयो ।
उहाँले नयाँ पुस्ताले कृषिलाई आधुनिकीकरण गर्ने बारेमा राखेको सोचलाई मेलाले धेरै सहयोग पु¥याउने बताउनु भयो । त्यस्तै अर्का विद्यार्थी अवलोकन कर्ता आर्यन रामदामले प्रविधि कतिसम्मको विकसित हुँदैछ ? भन्नेकुरा मेलामा आफूले जानकारी पाएको बताउनु भयो । उहाँले नेपालका मेसिनरी स्टलहरु कम हुँदा दुःख लागेको बताउनु भयो । मेलामा कृषिको ज्ञान नभएका युवाहरुलाई पनि मोटिभेसन मिल्ने बताउनु भयो ।
उहाँले कृषिमा कुनै ज्ञान नभएकाहरुलाई लगानी गरे बजारको समस्या नहुनेसम्मको जानकारी र आश्वासन दिने काम भइरहेको देख्दा खुशी लागेको बताउनु भयो । उहाँले किसानहरु आत्महत्या गर्दै गइरहेको अवस्थामा अध्ययन गरेर लगानी गर्ने हो भने आगामी दिनमा कृषि क्षेत्रमा राम्रो भविष्य देखेको बताउनु भयो ।