बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० | १९:३५:२१
धनगढी । बैतडीमा मंगलबार जीप दुर्घटना हुदाँ एक बालिकाकाे मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा १३ वर्षीया मनिषा विष्टकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा चालकसहितका अन्य ७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १६, २०८० |
१९:३५:२१
5193





















