सुन तस्करीबारे सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | १५:३१:०८
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले एआईजी बज्राचार्यसँग सोधपुछ गरेको हो । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको सुन समितिका एक सदस्यले बताएका छन् ।
समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ । सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूसँग बयान लिइरहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
१५:३१:०८
2421