काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला
प्रकाशित मिति: सोमबार, फाल्गुण ०७, २०८० | १८:०९:१८
काठमाडौं । काठमाडौंमा एक महिलाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०७, २०८० |
१८:०९:१८
2223