ललितपुरमा ट्यांकरको ठक्करबाट २६ वर्षीया युवतीको मृत्यु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ११, २०८० | १९:१९:०५
काठमाडौं । ललितपुरको भैंसेपाटीमा ट्यांकरको ठक्करबाट एक युवतीको ज्यान गएको छ । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा बा. प्र ०१-००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा.प्र ०२-०२२ प ५५४५ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक भैंसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको शुक्रबार बिहान मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते भएकी उनको मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा ज्यान गएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ११, २०८० |
१९:१९:०५
2531