सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता
प्रकाशित मिति: शनिबार, फाल्गुण १९, २०८० | १०:४७:३५
काठमाडौँ । न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो । शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए। आज वार्ता हुने भनिए पनि समय भने निश्चित भइसकेको छैन ।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति : शनिबार, फाल्गुण १९, २०८० |
१०:४७:३५
3763