कांग्रेस संसदीय दलको बैठक जारी
प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०८० | ११:२४:४७
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न बिहीबार संसदीय दलको बैठक बोलाएका हुन् । बिहीबार बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको बताइएको छ ।
बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजेदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २४, २०८० |
११:२४:४७
2619