प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०८० | १२:४१:३१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको हो ।
यस्तै दलका नेताहरूले पनि प्रतिनिधि सभा बैठकमा बोल्ने कार्यक्रम रहेको छ । गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए । नयाँ सत्ता गठबन्धन दलहरूबाट २० सदस्यीय मन्त्रिपरिषद बुधबार गठन भई मन्त्रीहरूले शपथ लिएर कार्यभारसमेत सम्हालिसकेका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २४, २०८० |
१२:४१:३१
2333