राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | ९:०५:३५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्ने भएको छ । बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
९:०५:३५
4049



















