सुनको भाउ हालसम्मकै उच्च
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | ११:२४:१०
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
११:२४:१०
3213